काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले शुरु गर्‍यो अनिवार्य मास्कको प्रयोग अभियान


काठमाडौं। काठमाडौं उपत्यकामा कोभिड-१९को संक्रमण बढेसँगै ट्राफिक प्रहरीले अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान शुरू गरेको छ ।ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सूचनामुलक स्टिकर टाँस गरेको हो ।

काठमाडौं मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुले ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँसेर अभियान शुरू गरेका हुन् ।


कार्यक्रममा बोल्दै एसएसपी उमेश राज जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपायहरुलाई पुर्ण पालना गर्न अनुरोध गरे ।

यसका साथै ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए-नभएको अनुगमन गर्दै मास्क नलगाएका सवारी चलाकलाई सम्झाइ-बुझाइ मास्कसमेत बितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..