चोरी आरोपमा दुई युवक पक्राउ

दाङ । तुलसीपुरमा माघीको दिन राति चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने थप एक जना फरार छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भई हाल तुलसीपुर ६ रजौरामा कोठा भाडामा बस्दै आएका २० वर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भई हाल तुलसीपुर ६ रजौरामा डेरा गरी बस्ने १९ वर्षीय विशाल परियार छन्।


उनीहरूलाई प्रहरीले मंगलबार दिउँसो रजौरास्थित कोठाबाट पक्राउ गरेको थियो। माघीको दिन राति तुलसीपुर-सल्यान सडक खण्डका दुइटा पसलबाट झन्डै ६० हजार बराबरको सरसामान चोरी भएको थियो। आसपासका थप ११ वटा पसलमा चोरीको प्रयास भएको सिसिटिभी फुटेजमा देखिएको छ। िसिटिभी फुटेजका आधारमा अनुसन्धान गरी परियारद्वयलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।

फुटेजमा चोरले लगाएको ज्याकेटका आधारमा प्रहरीले पहिचान गरी उनीहरलाई पक्राउ गरिएको डिएसपी अर्यालले बताए।डिएसपी अर्यालका अनुसार चोरी आरोपमा पक्राउ परेका दिलिप पुस २२ गतेमात्रै छुटेका थिए।‘थुनाबाट निस्किएर फेरि चोरी कार्यमै लागेको देखियो,’ डिएसपी अर्यालले भने, ‘उनी लामो समयदेखि विभिन्न चोरी कार्यमा संलग्न रहँदै आएको खुल्न आएको छ।’


पक्राउ परेका व्यक्तिका कोठाबाट दाङका चोकमणि गिरीको र दाङकै ममता डिसीको नामको राहदानी पनि बरामद भएको छ।त्यस्तै, खुकुरी, फलामका रड, केही दिन पहिले तुलसीपुरबाट चोरी भएका सरसामान, चाँदीका गरगहना र सुनका नक्कली गहना पनि बरामद भएको प्रहरीले जनाएको छ।


घटनाबारे थप अनुसन्धान जारी रहेको तथा एक जना फरार व्यक्तिको खोजी कार्य भइरहेको डिएसपी अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..