लागूऔषध विरुद्ध कठोर बन्दै एसपी तिमिल्सिना


लहान । ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान प्रहरीले पहिलो प्राथमिकतामा राखेको छ । लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले सुरक्षा खबरसँग कुरा गर्दै भने, ‘सिराहा जिल्ला पनि लागुऔषधको कारोबार हुने जिल्ला मध्ये एक हो । यो बिरुद्ध प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’

जिल्लाको कमाण्ड सम्हालेदेखि नै लागुऔषधको कारोबार र कारोबारी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका एसपी तिमिल्सिनाको नेतृत्वले पछिल्लो समय आफ्नो अभियानमा उच्च सफलता मात्र हासिल गरेको छैन । त्यस्ता कारोबारीलाई कारागारको बाटो समेत देखाई दिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले सुरु गरेको लागुऔषध विरुद्धको स्वीप अप्रेसन सफल हुदै गएको प्रहरीको दावी छ ।

‘यो प्रहरीको नियमित काम नै हो । तर यो बिषयलाई हामीले प्राथमिकतामा राखेर काम गरेका हौ ।’ एसपी तिमिल्सिनाको भनाई छ, ‘स – साना गिरोहदेखि लिएर ठूला गिरोहको सञ्जाल भत्काउने, कारोबार रोक्ने र समाजलाई सुसस्कृत बनाउन हामीले केही कोसिस गरेका छौ ।’

स्विप अप्रेसनको क्रममा छोटो समयमै भारी परिणाममा लागुऔषधका कारोवारी र लागुऔषध बरामद भएको छ । बरामद लागुऔषधको परिणाम र कारोबारीको संख्या अनुसार र तथ्यांकको हिसाबले यो अहिलेसम्म कै उच्च हो । लागुऔषध विरुद्ध शुन्य सहनशिलता भन्दै शुरु गरिएको स्विप अप्रेसनका क्रममा साना र ठूला गरि १२ जना कारोवारीहरु पक्राउ परिसकेका छन ।

प्रहरीले सिरहा नपा १७ कालिचौक स्थित ईलाका प्रहरी कार्यालय माडर सिहराबाट खटिएको प्रहरी टोलीले बा. ४ च. १३३४ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं.१० करताहा बस्ने अन्दाजी बर्ष ३१ को संजिब खड्का, बर्ष १९ को सुजन धामी, बर्ष २१ को अरबिन कुमार दनुवार र बर्ष २५ को उमेश कुमार दनुवार समेतको साथबाट नाइट्रोभेट टेन लेखिएको ६० पत्ता, ९०० पिस ट्याब्लेट फेला पारी उनिहरुला नियन्त्रणमा लिई बरामद लागू औषध र कार सहित जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै सिरहा नगरपालिका वडा नं.१७ माडर स्थितमा ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले ज.१२प.७५५७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा कल्याणपुर नगरपालिका वडा नं. ८ मझौलिया बस्ने अन्दाजी बर्ष ३० को कृष्णा यादवको साथबाट नाइट्रोभेट टेन लेखिएको ५ पता ९६९पिस ट्याब्लेट अवैध लागू औषध फेला पारि निजलाई नियन्त्रणमा लिई बरामद लागू औषध र मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको छ। भने लहान नगरपालिका वडा नं.३ बसपार्क स्थित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा लहान नगरपालिका वडा नं.५ बस्ने बर्ष २४ को मोहम्मद एकवाल मियाँ र जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.१ जोगीदह बस्ने अन्दाजी बर्ष २५ को सुमन कुमार चौधरी समेतको साथबाट Buprenophine injection ६ एम्पुल ,Diazelab लेखीएको ५ एम्पुल, Phenergan लेखीएको ५ एम्पुल लागु औषध सहित स.९ प. ३०३ नम्बरको १५० सिसीको पल्सर मोटरसाईकल ,नगद नेपाली रु.३४ हजार ६२० रुपैया मध्ये फोटो कपी गरेको नेपाली खोटा मुद्रा रु.१००० दरको थान २ , ईसक्रिन टच मोवाईल थान १ र लाभा कम्पनी लेखीएको सदा मोवाईल थान १ सहित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको ।

यसै बीच जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं.१ भगवानपुर चौक स्थितमा अस्थायी प्रहरी पोष्‍ट भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले .१-०५-००१ प.३४७६ नं.को मोटरसाईकललाई चेकजाचँ गर्ने क्रममा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.१३ बस्ने बर्ष २१ को शंकर भट्टराई, बर्ष १९ को रितिक कटुवाल र जिल्ला सप्तरी सुरुङा नगरपालिका वड नं.१ बस्ने बर्ष २८ को बिजय मलिक समेतको साथबाट Promethozine injection I.p. लेखीएको १७ एम्पुल, डाईजिल्याप १३ एम्पुल, सेतो कलर देखीने लेवल नभएको १४ एम्पुल, नाईट्राभेट १० लेखिएको टेब्लेट ५ पिस फेला पारि नियन्त्रणमा लिई बरामद लागू औषध र मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

त्यस्तै अवैध लागू औषध (ब्राउन सुगर) सहित २ जना लाई प्रहरीले नियन्त्रणमा लिएका छन्। जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.०५ स्थित ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले लु.७९ प. ९९५१ नं. मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा जिल्ला धनुषा कमला नगरपालिका वडा नं.०६ बस्ने अं.बर्ष २१ को सबुर कुमार महतो र बर्ष २१ को पवन कुमार महतो समेतको साथबाट अवैध लागू औषध (ब्राउन सुगर) ३० ग्राम ७७ मिलिग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई बरामद अवैध लागू औषध (ब्राउन सुगर) र मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

लागुऔषधको कारोवार गर्ने गिरोहलाई लक्षित गरी सिराहा प्रहरीले सात दिनदेखि स्वीप अप्रेसन थालेको थियो । सीमावर्ती क्षेत्रबाट हुने सो प्रकारको कारोबारमा मुख्यत युवाहरु नै सक्रिय रहेका छन् । सीमावर्ती क्षेत्रबाट नेपाल भित्रने लागुऔषध मिर्चैया , लहान , गिलबजार , गाइघाट , काठमाडौं लगायतका क्षेत्रमा पुग्ने गरेको छ । यस्तो कारोबारमा नेपालका सीमावर्ती क्षेत्र कै बासिन्दाको संलग्नता रहेको छ । छोटो समयमा धेरै मुनाफा हुने लगायतका कारण युवाहरु यस्तो कुलतमा फँस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..