स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको बौधीमाई नगरपालिका–७ बाट प्रहरीले स्रोत नखुलेको नगद सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार स्थित मोतिहारी थाना घोडासहन घर भएका १९ वर्षीय यसराज जयसवाल छन् ।

सोमबार दिउँसो पक्राउ परेका जयसलवालको साथबाट स्रोत नखुलेको ३ लाख ६८ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए ।

भारतबाट नेपालतिर आउँदै गरेको बिआर–०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्दा सो रकम फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..