स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको बौधीमाई नगरपालिका–७ बाट प्रहरीले स्रोत नखुलेको नगद सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार स्थित मोतिहारी थाना घोडासहन घर भएका १९ वर्षीय यसराज जयसवाल छन् ।

सोमबार दिउँसो पक्राउ परेका जयसलवालको साथबाट स्रोत नखुलेको ३ लाख ६८ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए ।

भारतबाट नेपालतिर आउँदै गरेको बिआर–०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्दा सो रकम फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..