स्रोत नखुलेको तिस लाख नगदसहित एक पक्राउ


महोत्तरी । महोत्तरी प्रहरीले स्रोत खुल्न नसकेको नगद ३० लाखसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका-३ बर्दाहा बस्ने २३ वर्षीय मो. सहाउद्दिन छन् ।

ज ६ प ६९४४ नम्बरको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई मटिहानी नगरपालिका ८ मा चेकजाँच गर्दा रकम बरामद भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

सहाउद्दिनले पछाडि पिठ्यूँमा बोकेको कालो रंगको झोला भित्र राखेको हजार रुपैयाँको २८ बण्डल र ज्याकेटको खल्तीमा राखेको २ लाख नेपाली रुपैयाँ गरी कुल नेपाली रुपैयाँ ३० लाख बरामद भएको प्रहरीले जनाएको छ ।

रकमसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..