प्रदेश २ नामाकरण : ‘मधेश’

धनुषा । प्रदेश– २ को नाम ‘मधेश’ कायम भएको छ । सोमबार प्रदेशसभामा भएको मतदानमा ‘मधेश’ नाममा दुई तिहाइ मत परेको थियो ।


प्रदेशसभाका १०४ मध्ये मतदानमा ९९ सांसदहरुले मतदान गरेका थिए । जसमा ८० जनाले मधेशको पक्षमा मतदान गरेको सभामुख सरोज कुमार यादवले बताउनु भएको छ ।
प्रदेश – २ को नामाकरणको सम्बन्धमा कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेको थियो । जसमा मधेश नाममै बहुमत प्राप्त भएको हो ।


यसअघि नै प्रदेश २ को नामाकरणका लाािग पनि मतदान भएको थियो । मतदानबाट टुङ्ग्याइएको प्रदेश राजधानीमा नामकारणमा जनकपुर कायम भइसकेको छ ।


नामाकरणका लागि भएको मतदानमा पनि दुई तिहाई सांसदहरुले जनकपुरको पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..