गुण्डा नाइके विकास पुन पक्राउ


दाङ । दाङका गुण्डा नाइके विकास पुन काठमाडौंमा पक्राउ परेका छन् । पुन ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंमा पक्राउ परेका हुन् ।


पक्राउ परेका पुनलाई जिल्ला झिकाउन प्रहरीको टोली काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । पुनविरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले मद्दा दर्ता गराएका थिए ।

पुनविरुद्ध परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ पुर्जी जारी गरेको थियो । पीडित पक्षले पुनविरुद्ध तीन महिनाअघि मुद्दा दर्ता गराएको एसपी काफ्लेले जानकारी दिए । पुनलाई दाङ ल्याएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए ।


उनी कुमार घैंटे समूहका हुन् । कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि पुन दाङमै चन्दा असुलीमा सक्रिय भएका थिए । २०७३ सालमा उनी ज्यान मार्ने उद्योगमा पनि पक्राउ परेका थिए । सोही मुद्दामा दाङ जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो । पछि उनी सर्वाेच्चमा अपिल गर्न पुगेका थिए । उक्त मुद्दा हाल विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..