नेकपा एमाले राैतहट अध्यक्षमा साह चयनकाे घाेषणा तर गिरि पक्षले भन्याे- एकलाैटी कमिटी अवैध हाे

राैतहट । नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलाैटी रुपमा राैतहटमा नयाँ नेतृत्व घाेषणा गरेकाे भन्दै अर्काे पक्षले विद्राेह गरेकाे छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेकाे हाे ।

एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनकाे घाेषणा गरिएकाे थियाे ।तर, गिरिले ‘अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध’ भनेका छन् । ‘अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन।

आज दिउँसाे ११ बजे गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ नयाँ कमिटी घाेषणा अघिसम्म अध्यक्ष रहेका गिरिले आह्वान गरेका छन् ।


तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएकाे जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..