लागुऔषध गाँजा सहित तीन जना भारतिय नागरीक पक्राउ


सुनसरी । सुनसरीको बर्जु गाँपालिका-५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको कटहरिया-१० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया-१९ का ५० बर्षीय जितेन्द्र राय रहेका छन् ।

केही ब्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरुलाई १०० केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..