काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सरुवा भएर कार्यक्षेत्रमा खटिन लागेका उपरीक्षकहरुलाई उच्च नैतिकता र फौजी चरित्र प्रदर्शनगर्दै देश र नागरिकको सुरक्षा गर्न निर्देशन दिएका छन् । उनले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवारीका क्षेत्रहरु लगायत कोभिड–१९ महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहि आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले फिल्ड लेवलका कमाण्डरहरुको व्यावसायिक र उत्कृष्ट कार्यसम्पादन तथा नेतृत्वबाट संगठनिक विकासमा योगदान पुग्नुकोसाथै फौजी संस्कार निर्माण तथा उच्चस्तरको सेवा प्रवाहमा समेत सघाउ पुग्ने बताए ।


उनले कमाण्डर तहका अधिकृतहरु निरन्तर अध्ययन, सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै भावी योजना बनाएर सामुहिक भावनाकासाथ फौजी अनुशासन र चेन अफ कमाण्डमा रहेर आफु मातहतका कर्मचारीहरुलाई समेत प्रशिक्षण गर्नुकासाथै उनीहरुलाई उत्प्रेरित तथा परिचालन गर्र्दै राज्य प्रदत्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्नेतर्फ कटिवद्व रहने विश्वास व्यक्त गरे ।
महानिरीक्षक खनालले शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् पीडित नागरिकहरुको उद्वार, चोरीपैठारी निकासी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा सकृयताकासाथ खटिई राजस्व बृद्धिमा योगदान पु¥याउँदै काउन्टर पार्टस् तथा राज्यका विभिन्न संवद्ध निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै अगाडी बढ्न आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. र मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।