एमाले गुल्मीका सदस्य मल्ल एकीकृत समाजवादीमा प्रवेश


बुटवल । नेकपा एमाले गुल्मीका जिल्ला कमिटी सदस्य एवं जिल्ला समन्वय समितिका सदस्य राम मल्ल ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।एमालेमा शुरुदेखि नै माधवकुमार नेपाल पक्षमा रहेका ठकुरी १० बुँदे सहमतिपछि जिल्ला नेता गोकर्ण विष्टसँगै रहेका थिए ।

तर १० बुँदे सहमति पक्षधर जिल्लाका नेता एमाले सचिव विष्टलगायतका नेताको कार्यशैली र विचार द्वैध चरित्रको र लम्पसारवादी भएकाले एमाले परित्याग गरेको मल्लले बताए ।


‘१० बुँदे सहमति कार्यान्वयन पनि भएन, उहाँहरु लम्पसारवादी देखिनुभयो,’ मल्लले भने, ‘एमालेमा रहेर आगामी चुनावमा जनतासँग भोट माग्ने अवस्था पनि नदेखेपछि एकीकृत समाजवादी रोजेको हुँ ।’ एमाले परित्याग गरेसँगै मल्ल राष्ट्रिय भूमि आयोग गुल्मीका अध्यक्ष भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..