जग्गा किन्ने वहानामा हत्या


सर्लाही। सर्लाहीको बरहथा नगरपालिका–१० कि सावित्री महराको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हरिवन नगरपालिका–१० ताइबान का २७ वर्षका सन्तोष साह, २७ बर्षका मुकेश ब्लोन र २२ बर्षय रोहित हजरा रहेका छन् । सर्लाहीका प्रहरी प्रमुख कृष्ण प्रसाईंले पक्राउ परेकाहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको बताए ।

पुस १७ गते उपचारका लागि वीरगञ्ज जान्छु भनी घरबाट हिँडेकी सावित्री घर नफर्किएपछि खोजी शुरु भएको थियो । २३ पुसको विहान १० बजेतिर बरहथवा नगरपालिका–१० स्थित रामछबिला साहको उखु खेतभित्र शव भेटिएको र उक्त शव सावित्रीको भएको पत्ता लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।


प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सन्तोष साह हुन् । सन्तोष र सावित्रीबीच दुई वर्षअघिदेखि चिनजान थियो ।सावित्रीका श्रीमान वैदेशिक रोजगारीमा छन् । श्रीमानले पठाएको रकमबाट जग्गा किन्ने तयारी गरेकी सावित्रीले सन्तोषलाई जग्गा खोजिदिन भन्दै दुई लाख रुपैयाँ दिएकी थिइन् ।सर्लाहीका प्रहरी प्रमुख प्रसाईं सावित्री र सन्तोषबीच प्रेम सम्बन्ध रहेको र पछिल्लो समय सावित्रीले विवाह गर्न दबाव दिएको अनुसन्धानका क्रममा खुलेको बताउँछन् ।

सन्तोषले विवाह गर्न अस्वीकार गरे, बरु हत्याको योजना बनाए । प्रहरी प्रमुख प्रसाईं भन्छन्, ‘सोही योजना अनुरुप साथीहरुको सहयोगमा सन्तोषले सावित्रीको हत्या गरेका रहेछन् ।’ प्रहरीका अनुसार पुस १७ गते सन्तोष साथीहरु मुकेश ब्लोन र रोहित हजारालाई लिएर बरहथवातिर गए ।

तीनैजना ना ४५ प ५२०७ नम्बरको एउटै मोटरसाइकलमा चढेर बरहथवा–१० इँटा उद्योग नजिकको उखुबारीमा बसे ।त्यसपछि सन्तोषले सावित्रीलाई उनको घरबाट लिएर आए र आफू पिसाब गर्ने वहानामा सावित्रीलाई एक्लै बनाइदिए । त्यही बेला ब्लोन र हजरा र साह मिलेर सावित्रीको हत्या गरेको एसपी प्रसाईंले बताए ।हत्यापछि उनीहरुले सावित्रीको शव जलाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..