सवारी दुर्घटनामा दुई जनाको मृत्यु


बिराटनगर । मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार राती भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मोरङको उर्लावारी नगरपालिका-७ मा बुधवार राती पौने ८ बजे भेन र मोटरसाईकल एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

पुर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्व तर्फ आउदै गरेको को १ च ३६४४ नम्बरको भेन र बिपरीत दिशा तर्फ जादै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय पवन लिम्बुको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका-३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर १ जनाको मृत्यु छ । बुधवार साँझ ६ बजे उखु लोड गरी डोरीले बाध्ने क्रममा एक्कासी ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० बर्षीय कुमार उरावको घटनास्थलमा नै मृत्यु भएको हो । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..