कपिलवस्तु बचत तथा ऋण सहकारीमा १२ करोड हिनामिना


कपिलवस्तु । कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थामा १२ करोड रकम हिनामिना भएको छ । कपिलवस्तुको तौलिहवास्थित रहेको सो सहकारी संस्थामा दुई वर्षअघि बचतकर्ताहरुको १२ करोड रकम हिनामिना भएको हो ।

घटनापछि अदालतमा मुद्धा चलि रहेको छ । तर २ बर्षदेखि अदालतमा मुद्धा चलिरहेको भए पनि अहिलेसम्म कुनै निर्णय नआएपछि बचतकर्ताहरुले जिल्ला प्रशासन घेराऊ गरी अन्दोलन गरेमा उत्रिएका छन् ।झन्डै ४ सय २० बचतकर्ताको पैसा सहकारीबाट हिनामिना भएको बताइएको छ ।

बचतकर्ताले जिल्ला प्रशासनमा घेराउ गर्दै आफ्नो पैसा फिर्ता गर्न माग गरेका छन् । १२ करोड हिनामिना गरेको आरोपमा ५३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्ध दायर भएको छ भने ४ जनालाई अदालत पेस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..