नक्कली नोट कारोवारमा संलग्न दुई जना पक्राउ


परासी । सदरमुकाम स्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोवार गर्ने व्यक्तिहरुको खोजतलास गर्दै जाँदा मिति २०७८।०९।२७ गते जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नं. १२ बस्ने रसिद मोहम्मद र जिल्ला कपिलवस्तु शुद्धोदन गाँउपालिका वडा नं. २ नन्दपुर बस्ने जमाल मुसलमान समेतलाई जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं. ५ बुद्धचोक स्थितबाट पक्राउ गरिएको छ ।

निजहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारितय १ सयको ३ थान र भारतिय ५० को १७ थान नक्कली नोट बरामद भएको र निजहरु दुबै जना बिरुद्ध मुद्रा सम्बन्धी (नक्कली नोट) कसुरमा मुद्धा दर्ता गरी सम्मानित नवलपरासी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..