सहकारीको ५ करोड रकम हिनामिना प्रकरण : कारागार चलान भएका दुवै जना एमालेका नेता


दाङ । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०/५० लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले बताए ।कारागार चलान भएका भण्डारी तत्कालीन लालमटिया गाविस- ८ को वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।

त्यस्तै उनी तत्कालीन नेकपा हुँदा राप्ती गाउँपालिका इञ्चार्ज र पार्टीको जिल्ला सदस्य थिए । त्यस्तै ज्ञवाली एमालेका संगठित सदस्य र राप्ती गाउँपालिका वडा नं. २ सक्रिय सदस्य हुन् ।ाविकको महाप्रभु सहकारी संस्थासहित अन्य तीन वटा सहकारी संस्था मर्ज भएर हाल देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ । भण्डारी र ज्ञवाली दुवै महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् ।


सो सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संस्थाका पूर्वकोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यसअघि नै दाङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..