आज रातीदेखि लागू हुनेगरी उपत्यकाका तीनै जिल्ला प्रशासनले गरे १८ बुँदे आदेश जारी

काठमाडाैं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजरमा राख्दै काठमाडौं उपत्यकाका तीन वटा प्रशासन कार्यालयले १८ वटा बुँदामा आदेश जारी गरेको छ ।

मंगलबार बसेको बैठकले बढ्दो संक्रमणलाई मध्यनजरमा राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन आज राति १२ बजेदेखि लागू हुने गरि जारी गरिएकाे हाे ।


घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात हुनेलगायत स्वास्थ्य मापदण्डको पालना गर्न आदेश गरेको छ।राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा पनि मापदण्डको पालना गर्न भनिएको छ।


सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नथर्न पनि भनिएको छ। माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..