प्रहरीबाटै झारलको सिकार : जनप्रतिनिधिकै मिलेमतोमा लुकाउने प्रयास

नाम्खा । नाम्खा गाउँपालिका- ४ याल्वाङ गाउँनजिकै पुया लेकमा प्रहरीले सिकार गरी मारेको झारलको विषय सरोकारवाला निकायले ढाकछोप गरेका छन्। नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा खटिएका सुरक्षाकर्मीले पुस २० गते झारलको सिकार गरेपछि स्थानीयवासीले नै फेला पारेका थिए।

तर डिभिजन वन कार्यालय हुम्ला, नाम्खा गाउँपालिका जनप्रतिनिधि,जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीको मिलेमतोमा उक्त विषय लुकाउन खोजिएको हो। नाम्खा गाउँपालिका क्षेत्रमा बौद्वधर्म गुरु पेमा रिक्सालको प्रवचनपछि हत्या, हिंसा र सिकार २० वर्ष पहिलेदेखि बन्द गरिएको थियो। झारल सिकारका लागि प्रतिबन्धित वन्यजन्तुसमेत हो। एक हप्ताअघि सिकार गरेर मारिएको झारलको विषयमा सरोकारवाला निकायहरू ढाकछोप गर्न लागेका हुन्। याल्वाङ प्रहरीले सिकार गरेको स्वीकार गरेपछि स्थानीय,जनप्रतिनिधि , डिभिजन वन कार्यालय,हुम्ला जिल्ला प्रहरी कार्यालय प्रहरीलाई जागिर बचाउने अभियानमा जुटेका छन्।नाम्खा गाउँपालिका– ४ याल्वाङमा प्रहरीले झारल मारेपछि समाचार प्रकाशित भएको थियो। समाचार आएपछि जरिवाना भन्दै प्रतिव्यक्ति प्रहरीबाट एक लाख जरिवाना गरी मिलेमतो गरेको एक स्थानीयले जानकारी दिए।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ, उपाध्यक्ष पेमा तामाङ, वडाध्यक्ष सुनाम हिसे लामाको मध्यस्थतामा सहमति गरेर मिलापत्र गरेको एक स्थानीयले बताए। वडाध्यक्ष र गाउँपालिका अध्यक्षसँग बुझ्न खोज्दा आलटाल गर्दै आएका छन्। डिभिजन वन कार्यालय हुम्लाका प्रमुख रेणु न्यौपानेले आफूलाई यस विषयमा जानकारी नभएको बताइन्। आफू घर बिदामा रहेको र यस विषयमा जानकारी नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..