अवैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार वेलुकी सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान-२ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान-१६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राईलाई पक्राउ गरेको हो ।

निजहरुबाट अवैध लागुऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १-०२०-०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद भएको थियो ।


अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..