नारायणहिटी ठेक्का प्रकरण : कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा–पत्र बुझाएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कार्यकारी निर्देशक दाहालले राजीनामाको एकप्रति आफूलाई पठाएको बताएका छन् । पर्यटन मन्त्रालयको छानबिन गर्दा बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमत्तोबाट नारायणहिटीमा १४ रोपनी जग्गा ‘कौडीको मूल्य’मा हात पारेको तथ्य भेटिएको थियो ।

यता कार्यकारी निर्देशक दाहालले पनि छानबिनका लागि सहज होस् भनेर आफूले राजीनामा दिएको बताउँदै ३० वर्ष पुरातत्व विभागमा आफूले काम गरेको र संग्रहालयमा काम गर्दा पनि आफूले कहिल्यै गलत नियतले कुनै पनि निर्णय नगरेको दाबी गरेका छन् ।

दाहालले आफ्नो राजीनामा पत्रमा वि.सं.२०७६ साल मंसिर ३ गते ४ वर्षका लागि संग्रहालयको स्रोत साधन जुटाउने उद्देश्यले ठेक्का प्रक्रिया आह्वान गरेको उल्लेख गरेका छन् ।त्यस्तै कोरोना महामारीको समयमा संग्रहालयमा स्रोत अभावका कारण आफूले सफा नियतले ठेक्का प्रक्रिया सुरु गरेको भएता पनि बतास समूहले सम्झौताअनुरुप काम नगरेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..