बिजुली बजारमा यात्रुलाई ठक्कर दिएर भागेका सैनिक जवान पक्राउ

काठमाडौं । काठमाडौंको बिजुली बजारमा पुस २५ मा राति यात्रुलाई ठक्कर दिएर भागेका टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ । बा.२ख ५१४५ नम्बरको टिप्परको ठक्करबाट कालिकोटको पंचाल झरना गाउँपालिका घर भई हाल भक्तपुरको ब्यासी बस्ने २२ वर्षका विपिन विकको मृत्यु भएको थियो ।


पक्राउ पर्नेमा नेपाली सेनाका जवान सिन्धुपाल्चोक सेलाङ–५ घर भएका ३७ वर्षीय दुर्गा श्रेष्ठ छन् । भक्तपुरको सल्लाघारी बस्दै आएका सैनिक जवान श्रेष्ठ कार्यालय समयपछि टिप्पर चलाउँथे । उनी सेनाको जंगी अड्डामा कार्यरत थिए ।


श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

उनी कमलपोखरीस्थित कृष्ण पाउरोटीबाट माटो लिएर बानेश्वरतर्फ जाँदै थिए । बिजुलीबजारस्थित मायालु दोहोरी साँझमा झगडा परेपछि सडकमा निस्केका विपिनलाई उनले चलाएको टिपरले ठक्कर दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मायालु दोहोरी साँझका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..