पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रेष्ठको घरमा चोरी गर्ने चार जना सार्वजनिक

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठको घरमा सुन चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रक्राउ गरेको छ । गत पुस १२ गते दिउँसो श्रेष्ठको चौतारास्थित पुरानो बजारमा रहेको घरमा कोही नभएको अवस्थामा दराजको ताला फुटाइ दराजभित्र रहेको १३ तोला सुन र १ लाख नगद चोरी गर्ने एक महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजानिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकी सुनकोशी गाउँपालिकाकी २० वर्षीया किशोरी कञ्चन पराजुली मार्फत् अन्य युवाहरूले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीसँगै सिन्धुपाल्चोक इन्द्रावती १० बडहरेका २४ वर्षीय मनिष सुन्दास , इन्द्रावती ९ सिपाटारका २५ वर्षका वुद्ध तामाङ र सिपाटारकै २६ वर्षका विक्की भन्ने अनिल तामाङ संलग्न रहेको जनाएको छ ।

कञ्चन पीडित श्रेष्ठको घरमा भाडामा बस्दै आएकी थिइन् । श्रेष्ठको धनमाल चोरीमा उनकै प्रमुख भूमिका देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मनिष काठमाडौंमा प्लस टुमा एकै कलेजमा कञ्चनसँगै अध्ययन गर्दै आएका थिए ।काठमाडौंमा खटिएका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिवोल केसीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

चोरीमा संलऊन एक महिलाले दिएको बयानका आधारमा सोही दिन पक्राउ गरिएको र अन्यलाई एक हप्ता लामो अनुसन्धान पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी राजन अधिकारीले बताए । उनीहरूले चोरी गरेको केही सुनहरु भागबन्डा गरेको र केही गहनाको स्वरुप परिवर्तन गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई धनमाल चोरी कसुर अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..