ब्राउन सुगर सहित एक जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका ६ मेचि भन्सार कार्यालयको गेट अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ गुफाडाँडाका २६ बर्षीय राकेश तामाङ रहेका छन् ।

आज दिनको पौने ३ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५० ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..