अवैध औषधी तथा क्लिप बरामद


संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका-१ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ ।

पौष २१ गते बस पार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधी- PBOG ४ कार्टुन (११६ प्याकेट), KH2PO १५ प्याकेट, SILILONG २० बोतल र WATERPUMP लेखिएको मेसिन १ थान सहित फेला परेको हो ।


जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले बसपार्क स्थित सडक किनारबाट उक्त अवैध औषधी तथा क्लिप अन्दाजी मुल्य ३ लाख ६३ हजार २ सय ५० रुपैंया बरावरको बरामद गरेको हो ।


बरामद गरिएका अवैध समानहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..