सैनिक जवानले चलाएको टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । नेपाली सेनाका जवानले चलाएको टिपरले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ।
राष्ट्रपति कार्यालयमा कार्यरत सैनिक जवान दुर्गा श्रेष्ठले चलाएको टिपरले आइतबार राति साढे १० बजे बानेश्वर बिजुलीबाजरस्थित मायालु रोधीघरबाट निस्केका कालीकोटको पचालझरना गाउँपालिका–२ का २२ वर्षीय विपिन बिकलाई ठक्कर दिएको थियो।

बिकको घटनास्थलमै मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बा २ ख ५१४५ नम्बरको टिपरले बिकलाई ठक्कर दिएर चालक भागेका थिए। सैनिक जवान श्रेष्ठले रातिको समयमा ‘पार्ट टाइम’ निजी ठेकेदारको टिपर चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न ठाउँको सीसीटीभी फुटेजको आधारमा टिपरको पहिचान गरेर टिपर धनी काभ्रेका बुद्ध तामाङलाई सोमबार नियन्त्रणमा लिएको छ। आफूले चलाएको टिपरले पैदलयात्रीलाई ठक्कर दिलगत्तै श्रेष्ठ भागेर राष्ट्रपति कार्याल पुगेको प्रहरीले जनाएको छ। सैनिक मुख्यालयसँग समन्वय गरेर उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..