बैंकिङ प्रणालीबाहिर अर्बाैंको अवैध कारोबार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले यही पुस १८ गते ५० लाख रुपियाँ नगदसहित सौर्य एयरका दुई कर्मचारी रेशा शाक्य र प्रकाश पौड्याललाई पक्राउ ग-यो । विराटनगरबाट काठमाडौँ आएको ‘एसएयू–७२४’को उडानमार्फत चाउचाउको कार्टोनमा लुकाएर ल्याएको रकमको स्रोत खुलेको छैन ।

सौर्य एयरले उक्त रकम टिकटबापतको भनी दाबी गरेको छ तर विराटनगरमा बैङ्क नै नभएजस्तो गरेर विमानबाट ओसार्नुपर्ने अवस्थाबारे प्रहरीले आशङ्का गरेको छ । राजस्व अनुसन्धान विभागले यसको अनुसन्धान गरिरहेको छ ।

त्यसको चार दिनपछि पुस २२ गते प्रहरीले धनुषा लक्ष्मीनिया गाउँपालिका–१, सिनुरजोडाका अमितकुमार यादवलाई ३८ लाख ३५ हजार रुपियाँसहित पक्राउ ग¥यो । प्रदेश–२–०२००१ प ०४८०८ नम्बरको मोटरसाइकलको ट्याङ्कीमा भारतबाट लुकाएर ल्याउँदै गरेको रकमबारे अनुसन्धान भइरहेको छ ।

यी घटनाअघि गत कात्तिक २४ गते काठमाडौँ र भक्तपुरको सीमास्थित मनोहराबाट ८० लाख रुपियाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त रकम हुन्डीमार्फत जापानबाट आएको खुल्यो । गत असोज ८ गते पनि काठमाडौँको नागढुङ्गाबाट ९५ लाख रुपियाँसहित भारतीय नागरिक सागर सीताराम लोखण्डे र कृष्ण आदातेलाई प्रहरीले पक्राउ गरेको थियो । त्यो अवैध रकम तस्करीको सुन खरिदमा प्रयोग भएको खुल्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..