बैदेशिक रोजगार ब्यवसायी संघको नेतृत्व सहमतिमा

काठमाडौं । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको नेतृत्व यसपटक सहमतिका साथ चयन हुने भएको छ । सबै राजनीतिक दल निकट ब्यवसायी संघ संगठनहरु कोरोनाले ब्यवसाय थला परेको बेला निर्वाचन नगरी सहमतिका साथ नेतृत्व चयन गर्न सहमत भएका छन् ।

यही पुस ३० मा संघको निर्वाचनको मिति घोषणा भएको छ ।
पदीय भागबण्डा पनि लगभग टुंगिएको छ । १० पदाधिकारीसहित ७ सदस्य र पछि मनोनीत ४ समेत २१ सदस्यीय संघको नेतृत्वका लागि सबै संगठनलाई समेटिएको छ । संगठनहरुले नाम चयन गर्ने कार्य मात्र बाँकी रहेको छ । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले संघको अध्यक्ष, सचिव र कोषाध्यक्ष पाउने भएको छ ।

नेकपा एकीकृत समाजवादी निकट एकीकृत बैदेशिक रोजगार ब्यवसायी संगठन नेपाललाई महासचिवसहित ३ पद, एमालेलाई प्रथम उपाध्यक्षसहित २ सदस्य, माओवादीनिकट गणतान्त्रिक फोरमलाई द्वितीय उपाध्यक्षसहित २ सदस्य र जसपालाई तृतीय उपाध्यक्षसहित १ सदस्य पाउनेगरी सहमति भइसकेको छ ।

संघमा सहमतिका साथ नेतृत्व चयन हुने भएपछि एकीकृत समाजवादी निकट एकीकृत बैदेशिक रोजगार ब्यवसायी संगठनले महासचिवमा मधुकर रिजालको नाम सर्वसम्मतिले छनोट गरेको छ । समाजवादीले पाएका ३ सदस्यमा गणेश कुँवर, अनिल बोगटी र कामेश्वर साह राउतलाई संघमा पठाउने निर्णय भएको बाबुराम खड्काले जानकारी दिए । अरु संगठनले टुंगो लगाउन सकेका छैनन् ।

संघको नेतृत्वका लागि सहमति भए पनि नेपाली कांग्रेस निकट ब्यवसायीमा तीव्र विवाद देखिएको छ । अध्यक्षका उम्मेदवार ३ जना भएको र सहमति हुन नसकेपछि पार्टीले हस्तक्षेप गरी पूर्वअध्यक्ष विमल ढकाललाई बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षको उम्मेदवार बनाएको छ । संघको अध्यक्षका लागि लोकतान्त्रिक समूहबाट कमल मल्ल, कमल तामाङ र सुधीर श्रेष्ठले दाबी गरेको र तीनै जनाले एकअर्कालाई छाड्न तयार नभएपछि पार्टीले नै हस्तक्षेप गरी ढकाललाई अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..