अपहरणमा परेका शिक्षकको उद्धार

बाँके । बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय अस्थायी शिक्षक हरिश अवस्थीलाई गएराती डुडुवा गाउँपालिका वडा नम्बर–४ कम्दीस्थित राप्ती नदी किनारबाट उद्धार गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

बिहिबार साँझ तपाईसँग भेट्नुपर्ने थियो भनी स्थानीय तिर्थराज अवस्थी र अम्भादत्त अवस्थीले भेट गर्ने बहानामा बिप्लप माओबादीको नाममा रहेका अन्य ६ जना समेत मिलेर आफुलाई नियन्त्रणमा लिएर अपहरण गरि बाँकेको राप्तीसोनारीमा रहेको पुल नजिक रहेको एक शौचालयमा थुनेको भनेर शिक्षक हरिश अवस्थीको फेसबुक स्टाटस सार्वजनिक भएपछि हरिशका आफन्तले तुरुन्तै गृहमन्त्रालयलाई गुहार मागेका थिए ।


लगत्तै बाँके प्रहरी अप्रेशनमा उत्रिदा शिक्षकलाई अचेत अवस्थामा उद्दार गरिएको एसपी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..