प्रधानसेनापति शर्मालाई के भएको हो?

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घरबिदामा छन्। मन्त्रिपरिषद्को पुस १६ गतेको बैठकले शर्माको बिदा स्वीकृत गरेको हो। सोही बैठकले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ।

स्वास्थ्यमा लगातार समस्या भएपछि थप उपचारका लागि पुस ३० गतेसम्मका लागि घरबिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचारत छन्। तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना दुवैले केही खुलाएका छैनन् । मुलुकका तीन सुरक्षा निकायमध्ये सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंगको प्रमुखका रूपमा प्रधानसेनापतिलाई लिइन्छ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति शर्मा बिदा लिएर व्यक्तिगत रुपमा स्वास्थ्य परीक्षणका लागि भारत गएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..