नयाँ सारथी लघुवित्तमा करोडौं घोटाला

पर्सा। नयाँ सारथी लघुवित्त वित्तीय संस्थामा करोडौंको घोटाला भएको छ । सो घोटालामा संलग्न तत्कालिन पर्सागढी नगरपालिका–३ बडनिहारस्थित शाखाका शाखा प्रमुखलाई प्रहरीले पक्राउ गरेसंगै घटना बाहिरिएको हो ।


शाखामा रहेका ४०० सदस्यमध्ये ३०८ जना सदस्यको नाममा फर्जी ऋण प्रवाह गरी घोटाला गरिएको पाइएकोपछि प्रहरीले शाखाका शाखा प्रबन्धक भोजेन्द्र कुमार ठाकुरलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले तत्कालिन शाखा प्रमुख ठाकुरलाई बैंकिङ ठगी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको पुष्टी गरेका छन् । उनलाई उनकै घरबाट पक्राउ गरी ६० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतको भनाई छ ।


उनकाअनुसार ठाकुरले आफु शाखा प्रमुख हुँदा सो शाखाका ४ सय सदस्यमध्ये ३०८ जना र खाता बन्द भइसकेका सदस्यको नाममा पनि फर्जी रकम ऋण प्रवाह गरेको देखिएको छ ।घटनामा उनि मात्रै संलग्न छन् वा संस्थाका अन्य कर्मचारीको मिलेमतो छ भन्ने विषयमा छानविन भइरहेको बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..