काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीकी वरिष्ठ उपरीक्षक पुजा सिंहलाई नायब महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपी सिंहलाई बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जारी गरेको बढुवा सिफारिस सूचीम उल्लेख छ ।


बढुवा सिफारिस भएकी सिंहले ७६ प्रतिशत अंक ल्याएकी छन् ।