चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

चितवन । भरतपुर महानगरपालिका-२४ अमृत चोक बस्ने २१ वर्षीय सन्तोष पाण्डेलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुदिप मोक्तानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


लेनदेनको विषयमा झगडा हुँदा सुदिपले सन्तोषलाई उक्त चोकमा चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फूलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका सन्तोषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..