चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

चितवन । भरतपुर महानगरपालिका-२४ अमृत चोक बस्ने २१ वर्षीय सन्तोष पाण्डेलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुदिप मोक्तानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


लेनदेनको विषयमा झगडा हुँदा सुदिपले सन्तोषलाई उक्त चोकमा चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फूलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका सन्तोषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..