मोटरसाइकल चोरेको आरोपमा चार पक्राउ


वीरगञ्ज। पर्सा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१४ का २३ वर्षीय आशिष यादव, वीरगञ्ज-१५ बस्ने २० वर्षीय अवधेश महतो, २१ वर्षीय सुवाष महतो र बारा कोल्हबी नगरपालिका–९ बस्ने १९ वर्षीय सबिन चौधरी रहेका छन् ।


यादवलाई वीरगञ्ज महानगरपालिका–८ पानीट्याङ्कीस्थित सडक छेउमा पार्किङ गरी राखिएको मोटरसाइकल चोर्ने क्रममा प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । भारत बिहार पूर्वीचम्पारण मोतिहारी रक्सौल ग्राम पञ्चायत परेउवा–१ बस्ने सोनु बाबु गुप्ताको बिआर२२बि ०३८७ नम्बरको हिरो होण्डा मोटरसाइकल चोर्ने क्रममा उनी रङ्गेहात पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।


खनालका अनुसार यसअघि मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीनजनालाई मंगलबार नै पक्राउ गरेको थियो ।पक्राउ परेका यादवविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने अरू तीन जनाविरुद्ध सोही मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..