काठमाडौंमा ‘लिभिङ टुगेदर’मा बस्ने युवक-युवती मृत फेला

काठमाडौं । काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक-युवती मृत फेला परेका छन् ।कपन प्रहरीको अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई मृत फेला परेका हुन् ।

प्रहरीको अनुसार उनीहरु केही समयदेखि ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए ।घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ ।

प्रहरीको अनुसार युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।

युवती नग्न र केटा अर्धनग्न पल्टिरहेका अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ । केटाको ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पताल पुर्याएपछि उनको मृत्यु भएको थियो ।


घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..