चालीस लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग गरी ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ठगीमा संलग्न रहेको आरोपमा अमृत सोती मगर र समिर कार्कीलाई पक्राउ गरिएको हो ।

महाशाखाका सूचना अधिकृतसमेत रहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेकामध्ये मगर बागलुङ जिल्लाको गल्कोट नगरपालिका–६ घर भई हाल काठमाडौंको मैतीदेवीमा बस्दै आएका थिए भने कार्की सर्लाही जिल्लाको बागमती नगरपालिका–१ घर भई हाल ललितपुरको हरिसिद्धिमा बस्दै आएका थिए ।

उनीहरुले काठमाडौंको कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेशनल टुर्स एन्ड ट्राभल्स प्रालि सञ्चालन गरी प्रतिव्यक्ति १४ लाख रुपैयाँमा पोर्चुगल पठाउने भन्दै चार जनाबाट प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले ४० लाख लिएको प्रहरीको भनाइ छ ।

पोर्चुगल पुगेपछि राम्रो होटल तथा कम्पनीमा काम पाइने र मासिक एक लाखभन्दा बढी कमाई हुने भन्दै उनीहरुले बुटवल उपमहानगरपालिका–१९ बस्ने लक्ष्मण थापासमेत चार जनासँग १०–१० लाख रुपैयाँका दरले रकम लिइ ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..