प्रधानसेनापति शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जाने


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जाने भएका छन् । जंगी अड्डाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको जानकारी दिएको हो ।

जसका लागि सरकारले प्रधानसेनापति शर्माको पुस १८ गतेबाट ३० गतेसम्म बिदा स्वीकृतसमेत गरेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..