सैनिकको आठौँ डफ्फाको अन्तिम टोली दक्षिण सुडानतर्फ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनाका लागि चन्दननाथ गण शान्ति सेना आठौँ डफ्फाको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ ।सेनानी गोपालसिंह बोहराको नेतृत्वमा २०५ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मिशन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौँ डफ्फालाई बदली गर्न टोली त्यहाँ गएको हो । नेपाली सेना संयुक्त राष्ट्रसङ्घका विभिन्नमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।


कोभिड–१९ सङ्क्रमणकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदली बदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..