जागिर दिने नाममा ठगी गर्ने पक्राउ


जनकपुर। प्रहरीले लोकसेवा आयोग र रेल्वे कम्पनीको कर्मचारी भएको परिचय दिएर विभिन्न व्यक्तिलाई ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ८ बाट महोत्तरीको पिपरा गाउँपालिका- ७का ३२ बर्षीय सागरकान्त चौधरी रहेका छन् ।नक्कली कागजात खडा गरी विभिन्न व्यक्तिलाई ठगिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनको साथबाट प्रहरीले लोक सेवा आयोगको नियुक्ति नतिजा प्रकाशन शाखाको कागजात, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक्ति पत्र, रायकै नामको शपथ ग्रहण, नेपाल रेल्वे कम्पनी लिमिटेड शंकर यादवको नामको नियुक्ति पत्र र शपथ ग्रहण पाना, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको राजेश कापरको नामको दस्तखत भएको खाली चेक २ थान, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप बरामद गरेको छ ।

उनले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजात तयार गरी स्थानीय मानिसलाई ठगी गर्न यस्तो काम गरिरहेको बताएको प्रहरीको भनाइ छ ।पक्राउ परेका उनीमाथि धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद गराइ अन्य अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..