बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालमाथ ,२अर्ब ४० करोड राजस्व चुहावटको मुद्दा

काठमाडौं। राजस्व अनुसनधान विभागले बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर ढकालविरुद्ध मुद्दा दायर गरेको हो। राजेश्वर लेखापरीक्षण गर्ने फर्म ‘राजेश्वर एण्ड कम्पनी’का प्रोपाइटर हुन्।


आनसान इन्टरनेशनल प्रालिमार्फत झुट्टा मूल्य अभिवृद्धि कर, झुटा वित्तीय विवरण र अन्य विवरण तयार पारी राजस्व चुहावट गरेको अभियोगमा मंगलबार मुद्दा दायर भएको हो।

विभागले मुअकतर्फ ४२ करोड २६ लाख सात हजार ३५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७, लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३७६ गरी कूल बिगो एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ कायम गरेको छ।
बिभागले बिगो बराबरको शतप्रतिशत जरिवाना पनि माग गरेको छ।


कूल दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ दाबी गरिएको छ। श्रेष्ठको हकमा भने मतियारका रुपमा आधा सजाय माग गरिएको छ।राजस्व चुहावट गर्ने मनसायले जालसाजी यूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात् कारोबार शुन्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..