बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालमाथ ,२अर्ब ४० करोड राजस्व चुहावटको मुद्दा

काठमाडौं। राजस्व अनुसनधान विभागले बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर ढकालविरुद्ध मुद्दा दायर गरेको हो। राजेश्वर लेखापरीक्षण गर्ने फर्म ‘राजेश्वर एण्ड कम्पनी’का प्रोपाइटर हुन्।


आनसान इन्टरनेशनल प्रालिमार्फत झुट्टा मूल्य अभिवृद्धि कर, झुटा वित्तीय विवरण र अन्य विवरण तयार पारी राजस्व चुहावट गरेको अभियोगमा मंगलबार मुद्दा दायर भएको हो।

विभागले मुअकतर्फ ४२ करोड २६ लाख सात हजार ३५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७, लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३७६ गरी कूल बिगो एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ कायम गरेको छ।
बिभागले बिगो बराबरको शतप्रतिशत जरिवाना पनि माग गरेको छ।


कूल दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ दाबी गरिएको छ। श्रेष्ठको हकमा भने मतियारका रुपमा आधा सजाय माग गरिएको छ।राजस्व चुहावट गर्ने मनसायले जालसाजी यूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात् कारोबार शुन्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..