प्रहरीकै इमेलबाट अश्लील भिडियो सामाजिक सञ्जालमा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने र हेर्ने नौ जना प्रहरी कर्मचारीहरुलाई कारबाही गरेको छ।कारवाहीमा पर्नेहरुमा सेयर गर्ने दुईजना र हेर्ने सातजना रहेका छन् । उनीहरुमाथि विभागीय कारवाही गरिएको छ।

बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर भएको विषयमा फेसबुकले प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्दा उनीहरुले फेसबुकमा ग्रुप बनाएर सेयर गरेको खुलेको पछि उनीहरु कारवाहीमा परेका हुन्। अनुसन्धानका क्रममा सो भिडियो सशस्त्र प्रहरीका एक हवल्दारले बनाएको खुलेको छ।

प्रहरी जवानलाई चिनेजानेका एक जनाले म्यासेन्जरबाट एउटा भिडियो पठाए। भिडियोमा बालबालिकालाई यौन क्रियाकलापमा लगाइएको दृश्य थियो । प्रहरीले आफूसँग आइपुगेको भिडियो भोज मगर नाममा नयाँ फेसबुक आइडी बनाए पछि उनले आफूले चिनेका वा नचिनेका मानिसहरूलाई फेसबुकमा जोड्न थाले। फेसबुकमा उनले म्यासेन्जरबाट फेला पारेको भिडियो अपलोड गरे।


उनीसँगै भएका अर्का प्रहरीले पनि पनि नक्कली फेसबुक आइडी खोले। यी दुवै प्रहरीले यसरी नक्कली फेसबुक आइडी खोल्नुको उद्देश्य आफूले पाएको पोर्नोग्राफलाई बिस्तार गर्नु थियो । त्यसैले फेसबुक आइडी फेक बनाए पनि त्यसका लागि चाहिने इमेल भने सक्कली नै प्रयोग गरे। जिल्ला प्रहरी कार्यालय बाग्लुङको इमेल आइडीबाट खोलेका थिए फेक फेसबुक अकाउन्ट। त्यही फेसबुकको वालमा अस्लिल भिडियो पोस्ट गरे। उनीहरुको फेसबुकमा धेरै प्रहरी कर्मचारीसमेत जोडिएका थिए।


उनीहरूले लगातार भिडियो शेयर गरिरहेका थिए। २०७५ सालदेखि उनीहरुको यस्तो क्रियाकलाप जारी थियो। त्यही फेक एकाउन्टबाट ९ जनालाई म्यासेन्जरमार्फत उनीहरुले भिडियो पठाए। पठाएका मध्ये ८ जनाले भिडियो हेरे तर कुनै प्रतिक्रिया दिएनन्। तिनै मध्येका १ जना प्रहरीले भने त्यही भिडियो सामाजिक सञ्जालमा सेयर गरे।

दुई जनाबाट सुरु भएको भिडियो सेयर गर्ने सङ्ख्या १० जनासम्म पुग्यो।चार वर्षपछि एकाएक गत मङ्सिर १४ गते प्रहरी प्रधान कार्यालय नक्सालमा एउटा पत्र आयो। पत्राचार नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लेसन चिल्ड्रेन (एनसीएमईसी)ले गरेको थियो। यो बालबालिकाको पक्षमा काम गर्ने संस्था हो।त्यही पत्रका कारण अनुसन्धान सुरु भयो र फेला पर्‍यो प्रहरीकै इमेल प्रयोग भएर फेसबुक अकाउन्ट खोलिएको रहेछ।


प्रहरीकै इमेल प्रयोग भएको देखेपछि हेडक्वार्टरले स्वभाविक रुपमा चासो देखायो। र, साइबर ब्युरोले अनुसन्धान थाल्यो। चार वर्ष अगाडिदेखिको अपराधको पर्दा एकाएक खुल्यो। नौ जना प्रहरी जवान यस घटनामा तानिए।


सुरुमा फेसबुक खोलेर भिडियो हाल्ने दुई जनालाई विभागीय कारबाही नसियत दिइएको छ। बाँकी सात जना प्रहरीले भिडियो हेरेर जानकारी नगराएको भन्दै सामान्य कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..