भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन् ।

१६ डिसेम्वरमा मोदीले पूर्वाञ्चल एक्सप्रेसवे उद्घाटन गर्ने क्रममा यादवले कालो झन्डा देखाएकी थिइन् । झन्डा देखाएको आरोपमा उनलाई सोमबार एउटा अज्ञात समूहले गोली हानेको थियो । गम्भीर घाइते बनेकी उनको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

निजी कारमा लाम्भुवा क्षेत्रमा जाने क्रममा तीन जनाले उनलाई गोली हानेको थियाे । सुरुमा आक्रमणकारीले दुर्व्यवहारपछि उनलाई मार्ने धम्की दिएका थिए । सो समूहका एक जनाले उनको गाडीका चालकको निधारमा बन्दुक तेर्साएका थिए ।


उनले गालामा एक झापड हानेपछि आक्रमणकारीले गोली हानेर भागेका थिए । यादव केही महिना अगाडि मात्र भारतीय कंग्रेसमा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..