नियन्त्रित लागुऔषध सहित एक जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित बसपार्कबाट लागुऔध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-५ का २६ बर्षीय लावनहाङ राई रहेका छन ।

हिजो बेलुकी ४ बजे जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले काँकरभिट्टा बसपार्कमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई चेकजाँच गर्दा निजले शरिरमा लुकाई छिपाई राखेको ४४ ग्राम खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ बरामद भएको हो ।

नियन्त्रित लागुऔषध सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ साथै निजलाई सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..