गाँजा सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका-१ का २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई रहेका छन ।

राती साढे १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोक स्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीलाई देखि प्रदेश १-०२-०४२ प ६२१९ नम्वरको मोटरसाईकलमा सवार रहेका दुई जनाले झोला फाली गएकोमा संका लागि दुबैजनालाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त झोलाबाट ७२ किलो ग्राम गाँजा बरामद भएको थियो ।

गाँजा सहित पक्राउ परेका बिक्रम राई र संजिव राईको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..