रेडक्रसको तदर्थ समिति भंग, सरकारले बनायो अर्को समिति


काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीमा नेत्रप्रसाद तिम्सिना नेतृत्वको तदर्थ समिति भंग गरेर अर्को समिति गठन गरेको छ । पुस १४ गते बसेको मन्त्रिपरिषद बैठकले सुदर्शनप्रसाद नेपाल सभापति रहने गरी २९ सदस्यीय अर्को तदर्थ समिति गठन गरेको हो ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अदालतको फैसला अनुसार तिम्सिना नेतृत्वको तदर्थ समितिको म्याद सकिएकाले अर्को तदर्थ समिति बनाएको सुरक्षा खबरलाई बताइन् । यो तदर्थ समितिको अवधि ३ महिना तोकिएको पनि उनले जानकारी दिइन् ।

विघटित तदर्थ समितिका सभापति तिम्सिनाले आइतबार विज्ञप्ति जारी गरी राष्ट्रिय राजनीतिमा भएको वेथिती र विसंगतिलाई रेडक्रस जस्तो मानवीय संस्थामा प्रवेश गराएर सरकारले बिडम्बनापूर्ण र खेदजनक काम गरेको आरोप लगाए ।

‘अमूक दलहरु विभाजन हुँदा वा गुट र उपगुटमा परिणत हुँदा अभिव्यक्त हुने नेता र कार्यकर्ताको त्तिक्ततापूर्ण सम्वन्धको रिस रेडक्रसमा फेर्ने काम भएको छ’ उनले भने ।यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले सञ्जीव थापा नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति विघटन गरेर तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..