स्रोत नखुलेको ५० लाखसहित एक महिला पक्राउ


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।विराटनरगबाट काठमाडौं आएकी सिनामंगल बस्ने विराटनगर महानगरपालिका-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सौर्य एयरलाईन्सको जहाजमा विराटनगरबाट काठमाडौं आउँदा एयरलाईन्सका स्टेसन ईन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरणबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा पोखरेललाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको हो।प्रहरीका अनुसार उनी सौर्य एयरलाईन्समा एसिसटेन्टको रुपमा कार्यरत कर्मचारीसमेत हुन् ।

बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..