ग्लोबल आइएमइ बैंक १५ वर्ष पुरा:
अध्यक्ष ढकाललाई गभर्नरको सम्मान

काठमाडौं। ग्लोबल आइएमइ बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्कृष्ट बैंकिङ सबैका लागि भन्ने नाराका साथ बैंकलाई अगाडि बढाइएको बताएका छन्।उनले बैंक आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए।


बैंक स्थापनाको १५ वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा ढकाल सम्मानित पनि भएका छन्। उनलाई गभर्नर महाप्रसाद अधिकारीले सम्मान गरेका हुन्।ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरेका छन्।बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताए।

हाल बैंकको ३३.७५ अर्ब रुपैयाँ सेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ।ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ। बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखारहित बैंकिङ सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकमा ३,२०० भन्दा बढी कर्मचारी तथा २७ लाखभन्दा बढी ग्राहकहरु छन्।


वार्षिकोत्सवका अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ। बैंकले निःशुल्क स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो।ग्लोबल २०६३ साल पुस १८ गते क्षेत्रीय स्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..