गंगानगर दुग्ध उत्पादक सहकारीको २८औं साधारण सभा सम्पन्न


भरतपुर । गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाको २८ औं साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले गर्नु भएको थियो ।


मन्त्री श्रेष्ठले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको बताउँदै गंगानगर दुग्ध सहकारीको प्रशंसा गर्नु भएको थियो । उहाँले गतसाल देखि संचालनमा आएको उक्त सहकारी दूध विविधिकरण गर्ने उद्योगको अवलोकन गर्दै आफ्नो मन्त्रालयले आवश्यक सहयोग गर्ने समेत बताउनु भयो ।


संस्थाको अध्यक्ष कृष्ण प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न सभामा विभिन्न विद्यामा किसानहरुलाई सम्मान समेत गरिएको थियो । १ लाख भन्दा माथि दूध विक्रि गर्ने २९० जना, २ कठ्ठा बढि जमिनमा बुहुवर्षिय घाँस खेती गर्ने किसानहरुलाई प्रोत्सान स्वरुप नगद पुरस्कार, सहकारीमा दूध विक्रि गर्ने दलित किसान, जनजाति किसान , आदिवासी किसान, भुगोलको हिसाबले क्षेत्रगत तर्फ दूग्ध विक्रि गर्ने किसान , संस्थाका सदस्य र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

यस्तै सहकारीले उत्पादन गरेका दूध र प्रसोधित दूधजन्य पदार्थ विक्रि गर्ने विक्रि केन्द्रलाई पनि साधारण सभाको अवसरमा उपहार प्रदान गरेको थियो । यस गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्ध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको छ । ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीको आफ्नै विक्रि केन्द्र समेत छ । सहकारीले आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्र समेत संचालन गरेको छ । सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा दैनिक ६ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्छ ।

सहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र केन्द्रलाई पनि साधारण सभाको अवसरमा उपहार प्रदान गरेको थियो । यस गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्ध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको छ । ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीको आफ्नै विक्रि केन्द्र समेत छ । सहकारीले आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्र समेत संचालन गरेको छ ।

सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा दैनिक ६ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्छ । सहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्य बजार क्षेत्रमा गंगा ब्रान्डको उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री गर्दै आएको छ ।

आफ्नै उद्योग बाट सहकारीले दूधबाट दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न मिठाईका उत्पादन गर्दै आएको सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटाले बताउनु भयो । ०४९ सालमा स्थापना भएको यस सहकारीमा अहिले ५ सयभन्दा बढी किसान आबद्ध छन । सहकारीको धनौजीको प्रधान कार्यलय बाहेक दुई वटा सेवा केन्द्रबाट समेत सेवा दिदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..