सचिव बढुवा सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेलले ५ दिनअघि पुस १४ मा अवकाश पाएका छन् । सचिवको ५ बर्षे पदावधिले उनले अवकाश पाएका हुन् । सचिव बढुवा भएको ४ बर्ष साढे ४ महिनाअघि २०७८ साउन २५ मा उनले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त नभएको भए सचिव पौडेल मन्त्रालयको जिम्मेवारी नसम्हाली अवकाश हुने विशिष्ट श्रेणीका कर्मचारीका रुपमा दर्ज हुनेथिए । तर देउवाले उनलाई अन्तिम साढे ४ महिना रक्षा मन्त्रालयको सचिवमा सरुवा गरी न्याय गरेका छन् ।

रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसको महामन्त्रीमा पराजीत भएपछि पदबाट राजीनामा दिइसकेका छन् । सचिव पौडेल पनि अवकाश भएका छन् ।

पौडेलको अवकाशसँगै प्रशासन समूहको एक सचिव पद रिक्त भएको छ । रिक्त सचिव बढुवाका लागि आज बढुवा समितिको बैठक बस्दैछ । बरिष्ठताका आधारमा सचिव बढुवाका दाबेदार सहसचिवहरुमा कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्द निरौला छन् ।

समितिले यिनै तीन जनाको सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषदले बढुवा गर्नेछ ।सहसचिव दंगाल अर्थमन्त्रालयको राजस्व महाशाखा प्रमुख हुन् । राउत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् भने निरौला गृहमन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख छन् । निरौला एक महिनाअघि मात्र गृहमा सरुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..