साउदी अरेबियामा कोरोना बढ्दै, सरकारद्वारा सावधानीका उपायहरू पुन : लागू

एजेन्सी । साउदी अरेबियामा कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सावधानीका उपायहरू पुन: लागू गरेको छ। बिहीबारदेखि लागू हुने गरी व्यावसायिक केन्द्र, बजार , मल, रेस्टुरेन्ट र क्याफेहरूको लागि स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा हुनुपर्ने, सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनेलगायतका नियम लागू गरेको छ।

कोरोना भाइरस नियन्त्रणविरूद्धको नियम उल्लंघन गरे १ लाख रियलसम्म जरिवाना हुनेछ मास्क नलगाउने, सामाजिक दुरी कायम नराख्ने व्यक्तिलाई सुरूमा १ हजार रियाल जरिवाना हुने र जरिवाना उल्लंघन दोहोरिने सँग दोब्बर हुनेछ भने पुन दोहोर्‍याएको खण्डमा १ लाख रियलसम्म जरिवाना हुनेछ।

सरकारले विभिन्न क्षेत्रमा उपायहरू पुन : लागू गरेको २४ घण्टा भित्रमा कोरोना भाइरस सावधानीका उपायहरू र रोकथाम प्रोटोकलहरूको कुल ४ हजार १ सय ५९ उल्लंघन हरू पत्ता लगाएका छन्।


कोरोना भाइरस संक्रमित संख्या बढेसँगै नेपाली दुतावास रियाद र वाणिज्य दूतावास जेद्धाले कार्यरत नेपालीलाई साउदी सरकारले लगाएको कोरोना रोकथामको नियमको पालना गर्न आग्रह समेत गरेका छन्।

हालसम्म साउदीमा ५ लाख ५६ हजार २ सय ३६ जना संक्रमित, ८ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ भने ५ लाख ४१ हजार ८ सय ५३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..