प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

दमक । झापाको दमक नगरपालिका-९ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका-४ मा डेरा गरी बस्दै आएका ३४ बर्षिय मोहमद इस्ताका रहेका छन ।

हिजो दिउँसो १ बजे इलाका प्रहरी दमकबाट खटिएको प्रहरी टोलीले इस्ताकालाई लागि चेक जाँच गर्दा निजले लगाएको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउन सुगर, नगद २ हजार ५ सय रुपैया र १ थान मोवाइल फेला परेको हो ।


प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका इस्ताकाको सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..